गोल्धाप शिविरमा भीषण आग्लागी

दधि राम लामीटारे/ नर्थ डेकोटा


मैना फाल्गुनको अठार मिति हो      चौषष्टिको सालमा
लाग्यो भीषण अग्नि त्यो शिबिरमा    गोल्धापमा जुन् दिन
रात्री हो छ बजे खल्याङ्ग खुलुङ भो    लागेछ आगो भनी
हल्ला चल्न गयो र मानिस  कुदे     घट्ना घटेका पटि ।

धेरै मानिसले सकेसम गरे          गर्छौ नियन्त्रण्  भनी
झन् बड्दै छ प्रयास निश्क्रिय हुँदा   दिक्दार मान्थे  पनि
दन्कीयो अति उच्च द्रुत गतिमा      हावा सरी फैलियो
पा-यो खाक छिटो भए जति निल्यो    भस्मै गराई  दियो ।

पाँचोटा जति अग्निका शमनती       जम्मा भए  वाहन
मानौ पेटल झै भयो सलिल त्यो     झिल्का उठेका छन
जम्मा तेह्र सये जले घरहरु          संम्पूर्ण त्यो  वैभव
एकै साथ गुम्यो दिएन बिधिले        वर्वाद  गर्दो  रछ ।

तत्कालै घटना प्रसारण गर्यो        सञ्चारका श्रोतले
सुन्दैमा कुदि गै गए जनहरु          हे राम ! केभो ? अरे
झापाका जनता उपस्थित भए       त्यो मध्य रात्री महाँ
सम्झाए घटना विषे विनयले        दुःखी भई मन्  महा।

भूटान् बाट लखेटिनू जफतले         छोडी सवै संम्पति
शर्णार्थी भइ बस्नु त्यो शिबिरमा     दिक्दार् कती? हो कति
राम्रो आश्रय केहि छैन गुजरा         गर्दै थियौ दुःखले
जैल्ये हान्छ उठाइ बज्र शिरमा        यो निर्दयी ! दैवले ।।

One Reply to “गोल्धाप शिविरमा भीषण आग्लागी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *