ग्रेट वाल
लिला निशा
नान्सु आफ्नै देश चाइनामा विस्थापित भएकी थिइन् । दलाई लामाको नेतृत्वमा भएको आन्दोलन (सन् 1950) मा उनका पति शहीद भएका थिए । लालाबालाको पालन-पोषण कसरी गर्ने भन्ने प्रश्न आँखा अगाडि तेर्सिएको थियो ।
नान्सुले सुनेकी थिइन् –कहिलेकाहीं भेदभावरहित, समुन्नत अमेरिकाबारे । तर, आज नान्सु अमेरिका आएको पनि चालिसौं वसन्त काटेछ । चालिस वर्षको अवधिभित्र नान्सुले अमेरिकालाई चिनिनन् ।
ग्रेटवाल नै ग्रेटवालले भरिएको अमेरिका; धनी-गरीबमा ग्रेटवाल, रंग-वर्णमा ग्रेटवाल; जातीयतामा ग्रेटवाल; भौगोलिकताको आधारमा ग्रेटवाल, सबै सबैथोकमा ग्रेटवाल । नान्सुले मनमनै सोचिन्-वाह! मैले चाइनामा प्रत्यक्ष ग्रेटवाल देखेकी थिएँ तर, भेदभावरहित, समुन्नत अमेरिकामा पनि धेरै यस्ता अदृश्य ग्रेटवालहरु रहेछन् ।
(स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य)