घायल प्रेमी बनेर

कवि
कवि

इन्द्र प्रकाश खवास
नर्थ क्यारोलिना

भावनाका भित्र बाहिर
पलाएका पालुवाहरु
रङ्गमञ्चले विजय गरो
ओइलाए मेरा सारा रहरहरु|
समाज सबै सजन भए पछि
भाषा भेषले बिदा माग्दै गयो भनेर
आफै पनि रुँमलिनु पर्दो रहेछ
घायल प्रेमी बनेर ।

असन्ख्य भावहरु
साना ठूला सबै टुसाएका छन्
उकालिमा भरियाहरुका लस्कर
कसैको जन्ती या मलामी जस्तो
रङ्गमञ्चमा बढेका छन् साना ठूला
पुर्खाका गौरव गाथा राखौ
मान्याता हाम्रो यही हो भनेर
आफै पनि रुँमलिनु पर्दो रहेछ
घायल प्रेमी बनेर ।

तिखो सुहिरो र आङ्गकुसेले भित्रबाट
निकालिएको तातो रगतको भल
दुःखेको छातीमा बर्जदाको थर्कन
आफन्ताले आफ्नो दर्द भुली दिए पछि
कसम र बाचा यस्तै हो भनेर
आफै पनि रुँमलिनु पर्दो रहेछ
घायल प्रेमी बनेर ।

ऐया ! ऐया भन्दै गर्दा
कता हो कता दुधे बच्चाको चित्कार
पीडार वेदनाले भरिएको
विधुवाको रुवाई
असङ्गख्य स्त्री मानिसहरूको
सिउँदो पुछिएकाले
मुटु फोरी उम्लिएको रगत
जसरी नदी र खहरेहरु
पाखा पहराबाट
गडगडाहाट सन्देश बोकेर
च्वास – च्वास घोच्न लाग्छ
म आफै बेहोसमा छु भनेर
आफै पनि रुँमलिनु पर्दो रहेछ
घायल प्रेमी बनेर ।

खुट्टा कापिरहेछन
द्रव्यवचक चुर लागाएर
अपाङ्गो हुन पुग्यो मेरो जिब्रो
रात दिन रुएर
धेरै प्रकारको स्वाद मैले चाखे
कति स्वाद चाख्न अझै बाकी छ भनेर
आफै पनि रुँमलिनु पर्दो रहेछ
घायल प्रेमी बनेर ।

धेरै राम्रो बास्न र सुवास भित्र
पौरी खेल्दा कस्तो होला
भौतिक जीवनका मुग्धतामा
बास र प्रवास पनि
विक्षत गनाउँछ होला
स्वाट्ट लुक्न पुग्गे शहीदहरु
जिउँदो शहीदकोे धाक देखेर
मरेको मुर्दा भनेर
आफै पनि रुँमलिनु पर्दो रहेछ
घायल प्रेमी बनेर ।

धेरै अनुभाव बोटल्नु खोजेछु
अधुरो जीवनको अपुर्ती
लक्ष्यहरुमा
म मरेको या बाँचेको
छुट्याउन गाह्रो हुँदो रहेछ
सबैले एकलो भनेर
आफै पनि रुँमलिनु पर्दो रहेछ
घायल प्रेमी बनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *