चराको आकार शिरमा राख्दा

कवि
कवि

डा. लक्ष्मीप्रसाद ढकाल
आम्सटरडाम, नेदरल्याण्ड

महलमा बसी बसी चयन गर्दा
मेहनतीको सट्टा आफन्तलाई छान्दा
कूटनीतिक जाल रच्न खोज्दा
सफलताको संकेत आभास हुँदा
चराको आकार शिरमा राख्दा,

जनताको बिश्वास मात लाग्दा
जिम्मेवारीबाट पर भाग्दा
धर्मा र कर्मको खेदो गर्दा
चराको आकार शिरमा राख्दा
अफ्नै जनता चिन्न नसक्ता,

घिच्रोदेखि घुँडासम्म
बक्खुको धोक्रो बेर्ने प्रथा
कती बिडमबना कस्तो गाथा
चराको आकार शिरमा राख्दा
देशै अर्को देख्ने राजा !

मेहनत र लगनदेखि जलन हुँदा
क्रोधले माती जात र मूलको पछि पर्दा
नेपाली र भारतीसँग जोड्न पुग्दा
चराको आकार शिरमा राख्दा,
रोएको जनता रिसाएको देख्छ।

निर्मम कानून जनतामा लाद्दा
गाउँ रित्तिएको ढिलोमात्र देख्दा
बिगार भएमा सफलताको भ्रम हुँदा
खिन्न खिन्न कसरी नभएको होला,
चराको आकार शिरमा राख्दा ?

2 Replies to “चराको आकार शिरमा राख्दा”

Don't have a Facebook account? Please, use the form below with other options!