चाड, हजुरमुमा अनि म
सम्झनाका लहरहरु बहेली खेल्दै
मेरा मासुम भावनाहरु माथि बज्रिदै
मसंगै हस्याङ-फस्याङ प्रश्न गर्छन्
म चकमन्नताको साँघुरो पर्खाल भित्र सुँक्सुकाउँदै छु।
म सानो छँदा सुनेका दन्त्य कथाको कृत्रिम पात्रसंग मेल
खाए जस्तो मेरा अनूभुतीहरु सल्बलाउछ्न
बिस्म्रितीसंग सम्झौत गर्दै
आफै भित्र हरएको छु,
म सानो छँद मेरो शीरमा आशिषका भाकासंगै
अडिएका ममताभरि हातहरु आज
म देखि विदा मागेर क्षितिज पारिको गाँउसम्म पुगे।
यस पालिको चाड शुन्य छ, फिक्का छ
आशिषको मन्त्रमुग्ध लवजहरु मेरा कर्णपटमा
गुन्जिएनन्, म बसीभूत छु, शुन्य छु ।
जब चाड आउँछ अनि लप्सीको याद आउँछ
लप्सीको स्वादसंगै हजुरमुमाका प्रसस्त प्रिय
मधुर स्वरमा आफनो पनको मधुर्यता मिलाउनु हुन्थ्यो
म हजुरमुमासंगै रमाउथें
चाडको उत्सवमा अझ उमंग क्षुब्धता पराजय भएको भान
हुन्थ्यो तर आज म पराजित भएझैँ लाग्छ
म पराजयको तीतो स्वाद चाख्दै
गुमनाम चरस्थलमा गुम्सुम-गुम्सुम, आक्रान्त
आन्तरिक पराग सम्हाल्दै आज काल
आस्थाको दियो जलाउँदैछु।
लाग्छ मसंग बिगतले हो या
मेरो परिस्थितीको धरोहरले हो या
मेरा सिथिल प्रत्यासित
मानसिक रोमान्सहरुले हो
आफैंसंग टिठ लाग्छ;
म सम्झन्छु बिगतलाई
बिउताउछ्न वितृष्णा ।
सपनाझैँ हजुरमुमा मसंग संवाद गर्नुहुन्छ,
मसंग प्रश्न गर्नु हुन्छ , म न जवाफ चुपचाप सुनिरहन्छु
हजुरमुमा मलाई उपदेश दिनुहुन्थ्यो या ममताका
आँकुरा सिउरनुहुन्थ्यो
मलाई निरीहताले ढाकेको झैँ लाग्छ
भावनाका तरंगहरु मेरा मानसपटलबाट उत्रिएर क्षितिजउपर पाइला बढाउँछ्न्
म आक्रान्त -सिथिल ओझहरु बटुल्दै छाया पच्छ्याइरन्छु ।