चिन्तन मरेपछि चिन्ता जन्मन्छ
यतिराज अजनबी
एड्लेड, अस्ट्रलिया
दुई कुमका
डाँडा बीचबाट
उदाउँदै गरेको
एउटा सूर्यलाई
प्रातकालमा उठेर
प्रत्येक दिन अर्घ दिने
भूमध्यरेखिय क्षेत्रमा
बसोबास गर्नेहरू
पृथ्वीले परिक्रमा
गर्न छाडेपछि
चिथोरिरहेछन् आकास
सरापिरहेछन् त्यही सूर्यलाई |
चिन्तन मरेपछि
चिन्ता जन्मँदो रहेछ
मान्छे बहुलाउँदो रहेछ |
फाल्गुण २५ २०६०, विराटनगर