चौथो अन्तर्राष्ट्रिय सृजनाशील अनुष्ठानका लागि शुभकामना

यही डिसेम्बर महिनाको २१-२३ तारिक विश्व भूटानी साहित्यिक सङ्गठन र भूटानी समाज न्यूजिल्याण्ड, पामर्स्टनको संयुक्त आयोजनामा सम्पन्न हुन गइरहेको चौथो अन्तर्राष्ट्रिय सृजनाशील अनुष्ठानको शुभ खबरले हामी अत्यन्तै उत्साहित  एवं हर्ष विभोर भएका छौँ । व्यस्त समयका बाबजुद पनि साहित्यको विकास तथा उत्थानका लागि यहाँहरूले गर्नु भएको योगदानको हामी मुक्तकण्ठले प्रशंसा गर्दछौँ। यस्ता कार्यक्रमहरूले साहित्यको विकास तथा बिस्तारमा टेवा पुर्‍याउनुको साथै फरक परिवेशमा हुर्कँदै गरेका हाम्रा बालबच्चाहरूमा नेपाली भाषाप्रतिको मोह अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछन् भन्ने कुरामा हामी विश्वास गर्दछौँ। नेपाली साहित्यलाई विश्व व्यापी बनाउन साहित्य परिषद्, भूटान पनि सहयोग र सहकार्यका लागि सदैव प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छौँ ।  दक्षिण-पश्चिमी प्रशान्त महासागरस्थित टापुहरूको देश न्यूजिल्याण्डको रमणीय सहर पामर्स्टनमा हुन लागेको यो चौथो अन्तर्राष्ट्रिय सृजनाशील अनुष्ठानको पूर्ण सफलताको कामना गर्दै हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ ।

साहित्य परिषद भूटान 

Leave a Reply

Your email address will not be published. Required fields are marked *