च्यातिएका पानाहरु………

कवि
कवि

डिल्लीराम शर्मा आचार्य
नर्वे

च्यातिएका पानाहरु अझै जोडिन सकेका छैनन्
यताउता लुक्न खोजिरहेका छन्
नीलो अनि शुन्य अकासभित्रभित्रै
गुम्सिएर निसास्एिर जोडिन सकेका छैनन्
तोड्नेहरुको समूह बड्दो छ
आजकल पूर्व देख्ता पश्चिम सिसाउँछ
विनासित्ति,वेकसुरका ध्वनिहरु निकालेर
च्यातिएका पानाहरु अझै जोडिन सकेका छैनन् ।

दैवीशक्ति लुप्त हुँदै गएकोले आज पूर्व झोक्राएको छ
तर, पश्चिम तातेको तात्यै छ आÏनै राफले
जताततै ज्वालामुखी विस्फोटन हुन खोजिरहेको छ
धरती निरिह भएर सहन बाध्य छिन्
च्यातिएका पानाहरु अभैm जोडिन सकेका छैनन् ।

अहंकार र घमन्डले कोरिएका ती पानाहरु
तिनै एक अर्काका दुश्मन
त्यसभित्र पनि अभैm कलंकका धर्साहरु
अनि एेंझेरु पल्हाएका तिनै दिमागहरु
ओल्लो आकाश र पल्लो अकास
घरिघरि विजुलीका झड्का दिने यी अकास
धुम्रकुतू बस्ने विशाल नीलो अकास
दुवै अकासको भयांकर गर्जाइले
प्राणीहरुमात्र त्रासिद छैनन् यहाँ
च्यातिएका पानाहरु अझै जोडिन सकेका छैनन् ।

विडम्बना यो कस्तो,कस्को अकास ?
केवल नक्षत्रहरु खेल्ने, चराचुरुङ्गी सयर गर्ने अकास
विमान अनि उपग्रहरु उड्ने अकास तर,
आज त्यही बम बर्साउने अकास,मान्छे मार्ने अकास,
प्रकृति नै ध्वस्त पार्ने अकास अनि –
शासकले शासन गर्ने अकास
यो कस्तो विडम्बना
च्यातिएका पानाहरु अझै जोडिन सकेका छैनन् ।

सैयौं टन हिउँ झर्दा पनि आज पृथ्वी सेलाउन सकेको छैन
आफ्नै रापले आआफैंलाई तताईरहेको छ
सभ्य दिमागले केही सोच्न सकिरहेका छैनन्
जाग्नेहरु चौतर्फबाट जागिरहेका छन्
मृतआत्महरुले चीर शान्ति पाएका छैनन्
भाग्नेहरुले ठाउँ पाएका छैनन्
त्यसैले त च्यातिएका पानाहरु आफ्नै जोडिन सकेका छैनन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *