छाउपडीमा नारी दिवस

कवि
कवि

सुदर्शन पोखरेल,
डेन्मार्क

नारी दिवसमा हाम्रा चेली हरू,
एउटा अँध्यारो कोठा भित्र
बिताउन बाध्य कुना भित्र
मात्र दुई थोपा रगतको होलीमा,
देवी,काली, सरस्वती र लक्ष्मी पूजामा,
उनीहरू रिसाउने सोचमा अभिशप्त,
विवशता, बिवल्ता सामाजिक दुस्चक्र भित्र,
सोच्दछु म कहिले काहि,
के उनीहरूलाई रिसाउने अधिकार छ,
त्यो इन्द्रको श्राप, ब्रह्माले बाँड्न मिल्छ ?
सन्तान सुखको ललिपप मा ।
स्वर्ग खाली होस वा वैकुण्ठ,
तिमी नै लिई जाऊ तिमी सृष्टि कर्ता
मेरी आमा, दिदी, बहिनीले दुख पाए तिमीले गर्दा
इन्द्रको ब्रह्म हत्या किन नारीले भोग्नु पर्ने ?
अनि देउता किन रिसाउनु पर्ने ?
मेरै हजुर बुवाले गुरु धाम गर्दा,
कसैको ज्यान बचाउनु पर्दा
रगतको खोलो बग्दा, तिमी त्यही गएर पूजा गर्नु हुने
तर एउटा नारीको दुई थोपा रगत बग्दा पर सर्नु पर्ने
इन्द्रकै पक्ष लाग्नु पर्ने,
कि नेपाल बाटै सापटी लिऔँ ?
न्यायालय, पत्रकार, श्रमजीवी मा
उसकै पक्ष लिनु पर्ने,
जो जस प्रति बफादार छन् ?
तिम्रो बचन फिर्ता हुँदैन भने
बरु तिमी नै रजस्वला हुन तयार हौ ।
यहि प्रथा ले धेरै चेलीले ज्यान दिए
अब सहन गाह्रो होला
अन्याय को पक्ष तिमीले लिए ।
सक्छौ भने फिर्ता लिई जाऊ
नखोज अब धेरै भाउ
तिमीले छोडी दिएको रजस्वला
कठै बारा गयो मनुष्य चोला
तिमी नै गर सृष्टि
भई सको यहाँ अति वृष्टि
तिमी यदि छौ भने
आऊ लाइजाऊ तिम्रो बचन
छोडी देऊ तिम्रा प्रवचन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *