छोटो भानु कथा

कवि
कवि

श्याम प्रसाद खानेल
ओहायो, अमेरिका 

हेप्यारा जग बन्धु हीत जन हो!साथी, भला मित्र हो!।
छोटो भानु  कथा  म पस्कन गएँ लौ सूनि दीनू पर्यो ।।१।।

आकाशै बिच भानु आदि गनिए द्यौता-ग्रहा, आदिमा।
नेपाली बिच भानु  आदि  गनिए  कीर्ती  रची  भूमिमा ।।२।।

ठूला  जुन्कविको  बयान  गरने  सक्तीन  धेर्तै  पनि।
थोरै  मात्र  प्रसंग  लेखि  कविको  दर्शाउँछू  जीवनी ।।३।।

केही वर्णन गर्छु भानु कविको  शैली  उनैको  गरी।
मेरो मानसले र कीर्ति कविका ख्याल्मा रहेका गरी ।।४।।

नेपाली जनमा थिए कवि हुनन्सारा अघी  क्वै अरू।
त्यस्तोभाव अत्यन्त दु:खिसँग गै शिक्षाविचार्ने हरू ।।५।।

कोहीमिल्न सकेन भानु शरिको चल्दो अघीकालमा।
कीर्ती लेखनु मात्र हैन कविका  छन्दृष्टि दु:खी  महाँ ।।६।।

घाँसीका सँग मित्र भाव  गरनू  गरीबमा  हीत  हो।
काव्यै लेख्नु गरीबकोविषय झैँ उन्को  व्यवाहार्रह्यो ।।७।।

उन्को जन्म र गाउँ,साल,महिना दिन्को गती ख्याल्गरी।
संछिप्तैगरि   जीवनी   भनिलिएँ   छोटो   छरीतो   गरी ।।८।।

रम्घा,वेँसिचुँदी र गाउँ तनहूँ जिल्ला छ नेपालमा ।
विक्रैमाब्द अठाह्रसौ विति र  एकहत्तरै  सालमा ।।९।।

जन्म्याका कवि भानुभक्त महिना आषाढ उन्तीसमा।
आचार्यैथरका   धनन्जयपिता,  श्रीकृष्ण  हुन्बूढिबा ।।१०।।

शिक्षाकाशि बसीलिएछन पढी श्रीकृष्णका साथमा।
सानैदेखि   सुज्ञान  आर्जनगरे  सौभाग्यले  माथमा ।।११।

शिक्षापूर्णगरी फिरे कवि  घरै  रम्घा  उ  नेपालमा।
घुम्याछन्कवि गाउँमा जसरि घुम्छन्कोइली वन्महाँ ।।१२।।

भो भेटै कविको सुधाजन कुनै घाँसी गरीवी  सँगै।
सोध्याछन्कविले कतीधनकमाऊँछौ नि घाँसीसधैँ ।।१३।

बोल्याघाँसि म थोरई रकमले लामो गरीपौरख।
कूवाएक पियासटार्न सबको  दिन्छूखनाई  तब ।।१४।।

मेरोनाम अमर्बनी जगतमा बढ्न्यछ  कीर्ती  बरू।
बाँची ब्यर्थमठान्दछू जगतमा कीर्ती शिवायै अरू ।।१५।।

हुन्घाँसी अन भिज्ञ नै तर बढा विद्वानझै सोचमा।
दु:खी जन्मगरीब भै मनसदा  सेवा  परायी  महाँ ।।१६।।

मैपो व्यर्थहुन्याछु मिल्छकसरीउन्को शरीमान्यता।
कीर्ती नामअमर्गराउन  म  लौ  पर्न्याछ  क्यैगर्नुता ।।१७।।

सोचीयोमनमाभन्या त कविले घाँसीतिमी धन्यछौ।
केही दौलत छैन तै पनि बढो मन् सागरै  तुल्य  छौ ।।१८।।

योतिम्रो उपदेशले म पनि लौ गर्न्याछु केही बरू।
नामै चल्नु सिवाय छैन नरको अमृत्व केही अरू ।।१९।।

बातै एत्ति गरेर लौ कविहिन्या गन्तव्य आफ्नो धरी।
सोच्दै ती  दिनमा  कुरामनविषे  नौलो  इरादा  गरी ।।२०।।

भाषा,धर्म,परोपकार  सँगमा  साहित्यको बोट  नै।
रोपीदिन्छु बरू”तरू”हरित भै फैलिन्छ भाषा  झनै ।।२१।।

नेपाली अनुवाद गर्छु ऋषिवाल्मीकी कृती यो कनै।
यूवा भो युवती र बृद्ध  वनिता  सप्रन्छ  नेपालि  नै ।।२२।।

झ्वाट्टै यो कविले विचारि मनले रामायणै त्यो घरी।
गर्नूभो   अनुवाद  पारि  उनिकै  शैलीमहा  सर्सरी ।।२३।।

मीठो तेत्ति थिएन शैलि पनि तै पैल्हा भया भानुजी।
तेहीकारण भानु ”आदिकवि”भै   दर्जासमाले  बसी ।।२४।।

अर्को एक मधूर काव्य उनिको हो भक्तमाला भनी।
भक्तीभाव मनुष्यमा  छ  बढने  सन्तोषमिल्न्य  छनी ।।२५।।

काव्यैले गरि हल्ल-खल्ल मचिँदा भर्पूर नेपालमा।
सर्कारी धन  बाबुले  अलिकती  मासेभनी  नीहुमा ।।२६।।

अड्डासासकले धरी लगि कुमारीचोक थाना महा।
राखीयो कविलाइसासन  दिँदै  बस्थे  ति  थूनामहा  ।।२७।।

थूनापर्न गए तथापि कविको चल्थ्यो कलम्हातमा।
रामायण् अनुवादबाँकि उबखत्लेख्या  बसीझेलमा ।।२८।।

थीयो सक्न उ काण्ड रामकिकथा रामाश्वमेधै कती।
मौका त्यो  हुनगो  र  पूरणगरे  स्वमातृभाषा  प्रति ।।२९।।

छुट्कारा कविपाइ क्वैदिन पुग्या घुम्दै कुनै गाउँमा।
जुन्   तारापतिमित्रका   घरपुगे  रातै  परीगो  जहाँ ।।३०।।

बासै गर्नुपरो बस्या अतिथि भै सत्कार सेवी बनी।
रात्माभो झगडा त्यहाँ  रजनिभर्शाशू  बुहारी र नी ।।३१।।

तिन्का दन्तबजानले कविकनै लागेन निद्रा रति।
उठी रातबिचै रचेरकविता दौड्यो कलम्त्यै प्रति ।।३२।।

ताराका घरबासले त  बधुको शिक्षा रचीँदो भयो।
सारालाइ छ अर्ति,ज्ञान भरिलो नीहूँ बधूकोछ यो ।।३३।।

यस्ताधेर अझै रचे नि कविले कृती रसीला हरू।
यूवा औ युवती र बृद्ध,वनिता ठानेर पढ्नन् बरू ।।३४।।

नेपाली जगमा छ मान गहिरो श्री भानु भक्तै भनी।
नेपालै अतिरिक्त भारतभरीसिक्कीम,आस्साम्पनि ।३५।।

दार्जेलिंग्,मणिपूरभो कति बखत् भूटान सम्मै गरी।
कीर्तीफेरिअमेरिका पनि चल्योसौभग्यले यो घरी ।।३६।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *