छ ऐँची

कवि
                    कवि

बि.बि. पौडेल (भूटानी)
सिन्सिनाटी ओहायो

कठै, साह्रै निर्दोष उ
न्युनतम् चेतना पनि सायद
नभएको हुनु पर्छ प्रजातन्त्रको।
छ ऐँचीको डरले
सडकमा परेड खेल्न निस्केको उ।
फूल जस्ता उस्का छुनु मुनु
पुतली छोप्न छाडेर
निसासिएका ती अबोधहरू।
तिनै फूलहरूको जीवनरक्षाको निम्ति
परेड खेल्दै उ गोशी बजारको चउरमा
जिन्दाबाद डुक्रिन विवश।
पाँच प्राणीहरूको, छ ऐँचीको त्रासले
उ अनि पूरा बस्ती नै…………….।
झिँगाको टाउको जति सिध्दान्त बोकेर….
उ अनि पूरा सहर नै अनभिज्ञतामा तर त्रास
प्रजातन्त्र कुनै चराको नाम हुनु पर्छ
त्यसैले कहिले आएन प्रजातन्त्र त्यो माटोमा।
अनि त उसको बीसौं वर्ष बास भयो भाटोमा।
त्यसैले कहिले आएन प्रजातन्त्र त्यो माटोमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *