जन्मभूमिलाई
देवी कार्की
मिनीसोटा, अमेरिका
छोरो बनी सेवा गरेँ छुरा जस्तो धार बन्यौ
माया गरी नजिक भएँ भेडो जस्तो मुर्खा बन्यौ
गुराँस झैँ फुलाउन खोजेँ मृत्यु झैँ निश्चित बन्यौ
सँगै बसी जिउन खोजेँ खरायो झैँ कायर बन्यौ
सोचे मैँले बन्छौ होला ऊन जस्तो तात्तो
विश्वास गरेँ बन्छौ होला हिउँ जस्तो सेतो
आशा गरेँ बन्छौ होला समाधी जस्तो शान्त
धैर्य गरेँ बनछौ होला चट्टान जस्तो द्धढ
निन्द्रादेखि जगाउन खोजेँ मुर्दा जस्तो मौन भयौ
आउँछु भनी खबर गरेँ खच्चड जस्तो अजिर भयौ
लुकीिछपी भेटन् खोजेँ बादर जस्तो चलाख भयौ
आशु बगाइ छोडी हिडें झ्याउकुरी जस्तो प्रसहन्न भयौ ।।
ती रुख जङ्गलमा चिरविराउने पंक्षीहरुको
करुण आवाज बोलाई रहने मनहरुलाई हेर
मेरो राष्ट्र र राष्ट्रियाताको ऐतिहासिक गाथा छ
अनि मेरो फाटेको बख्खुलाई हेर यहाँ भूटानी स्वाभिमान छ ।।