जाल र जालहारी
राधा काफ्ले
क्यानडा
खुब मजाले सझि सझाउ
गोट्टी महँगा मिलाई
बुनी आफैँ ताना बाना
छेउ कुना सजाई
बुटा भरि च्याट्ट चिट्ट
सुन्दर सिताराले
हिमाल देखि तराईसम्मै
ढाक्ने बिचारले
जालहारीको लोभ्याइमा
रमाउने ती भुराहरू
अज्ञानी भई गुमाउँदै थिए
आफ्ना सबै सुखहरू
चारो ल्याई छोरा-छोरी
अघाउने सपनामा
दिँदै थिए स्वयमलाई
पूर्णाहुति फँसि लोभमा
वर्षौँ बित्तै अब गयो
जालहारी नै गायब भयो
सुन्दैन त्यो चिच्च्याहट
तलाउमा हल्ला चल्यो
गए भुरा बडा कहाँ
माग्छन् गुहार प्रशासनमा
जालहारी ता केही थिए
जाल बुन्ने पो कैयौँ भेटियो !!!!
बाम माछो को नि के माछो
डल्फिन पनि आयो
हेर्दा हेर्दै केही बेरमै
सकली पनि ल्यायो!!!
बुन्ने, खेल्ने, खेलाउने
केही मात्रै आछन्
अरू कति बाघ जस्तै
बाहिर गर्जी राछन्
एक अर्कामा दोषारोपण
गर्दै हिडिँराछन्
खेल यहाँ हेर्नेहरू
मन्त्र मुग्ध भा छन्