जिन्दगी
निराश यात्री
चोटैचोटको पहाड रहेछ, बुझ्यो भने जिन्दगी
हाँसो, रोदन सङ्गम रहेछ, सोच्यो भने जिन्दगी
अन्तिम दिन पनि आउने छ, तिमी हेर्दै गर
भनेको थेँ तिमीलाई मार्यो भने जिन्दगी
गुलाबको फूल त केवल तिम्रै लागि मात्रै हो
झर्नु पर्छ त्यसले पनि छाड्यो भने जिन्दगी
मेरो बस्ती उजाडिँदा उफ्री-उफ्री नाचेका थ्यौ
सङ्घर्षले स्पात हुन सक्छ, खार्यो भने जिन्दगी
तिम्ले बुनेका शब्दजाल, मैले पनि बुझेकै हो
सात समुद्र केही हैन, तार्यो भने जिन्दगी
उदास-उदास थियौ तिमी म हिँड्ने बेलामा
हातमा लागेको मह मात्र हो ,चाट्यो भने जिन्दगी