जिन्दगी 

जय हुमगाई
क्यानाडा
साथ पाउँदै छोड्दै
खुसी हुँदै दुखी हुँदै
पाउँदै गुमाउँदै  हिँडि
रहने यात्रा रहेछ
जिन्दगी ।
यता उता कहिले कता
हाँस्दै रुँदै,रुवाउँदै हँसाउँदै
स्वार्थी बन्दै दयालु बन्दै
लोभ गर्दै
दानी बन्दै
लगातार हिँडि रहने
दया माया
रहेछ जिन्दगी।
 डुङ्गा जस्तो
कहिले वर
कहिले पर
कहिले बिचै बिच
कहिले छेउ कहिले
किनार त कहिले
मुल्कामा मच्चिने
कहिले चुर्लुम्म डुब्ने
डुङ्गा रहेछ जिन्दगी ।
क्ष्रवानको खहरे
जस्तो गडगडाएर
बग्ने हेर्दा
रमिता लाग्दो
देखिने अनि
हेर्दा हेर्दै
डर लाग्दो हुने
अनि कहिले
बगर जस्तो सुनसान सुती रहने
विरक्त लाग्दो क्षण
रहेछ जीनदगी ।
कहिले भुसभुस
झरी रहने
सिमसिमे पानी
कहिले दर्के
कहिले घाम
कहिले बादल
कहिले हिमपात
कहिले तुसारो
अनि थरी थरी
फेरी रहने मौसम
रहेछ जिन्दगी ।
ओठ भरि
गद्गद हाँसो
कहिले रुन्चे
हाँसो कहिले
कसिलो
प्रेम सागरको गाँठो
कहिले मिठो
कहिले तितो
कहिले चिसो कहिले
मरुभूमिको तातो
भतभती पोल्ने आगोको
राप मात्र नभएर
दुखाइको गहिरो
पिडा पनि
रहेछ जिन्दगी ॥
बाँड्दै दिँदै लिँदै
सुन्दै सुनाउँदै
भन्दै भनाउँदै
कहिले रमाइलो
कहिले नरमाइलो
गर्दै गराउँदै
कहिले सौगात
कहिले कसौटी
कहिले धरौटी
कहिले सम्मानित
कहिले आलोचित
हुँदै लगातार
लर्खरिदै जर्खरिँदै
चलिरहने
एउटा गजबको
कथा रहेछ
जिन्दगी ।
रहरै रहरले
भरिएको मिठो
 तृष्णा कतै
प्राप्त गर्न
नसकिने
 बेतृष्णा
कतै थुङ्गा थुङ्गाको
माला जस्तो
लामु सम्झना
ता कतै चट्ट
छिन्नेएको डोरी
जस्तो बिर्सना
यस्तै कहिले सम्झना
कहिले बिर्सना
ता कहिले
के कहिले के
रहेछ जीनदगी ।
अहय अहय
बाट सुरु भएर
ताते ताते गर्दै
समाउँदै घिस्रिँदै
तोते तोते बोल्दै
लड्दै उठ्दै
बड्दै सिक्दै
पोख्दै उठाउँदै
जोड्दै घटाउँदै
भर्दै खाली गर्दै
एक्लै जोडी हुँदै
परिवार थप्दै
बुढो हुँदै सकिँदो
रहेछ जिन्दगी।
हो यस्तै रहेछ
जीनदगी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *