जीर्ण कल्पना
डम्बर घिमिरे
एडिलेड, अष्ट्रेलिया
एक हुल चराहरू भूर्र आकाश चिथोर्दै
गति लिन्छन्
बादलहरू बद्लाबका झोक्काहरू महसुस गर्छन्
मानौ बादलहरूको
शृंखलाउपर भंगालाहरू
छताछुल्ल पोखिएको जलबहाव जस्तो
आकारमा निर्भीक छन्,
मन तरङ्गले भरिन्छ
आकाङ्क्षाको बिस्कुन लगाएर
म तृष्णा पोख्छु
छाती फुल्छ
अट्टाहास लगाएर बिस्मृतिका अलौकिक तार जोडिन्छन्
मनले अधोषित याचना फुराएर
अदृश्य मलिन दोशत्व औँल्याउँछ
चैतन्यता रणभूल्ल पर्छ।
लामो सुस्केरा हाल्दै
पराना कौशल्यताका द्योतक
अनि महानताहरू बिचारार्थ
लामबद्ध छन् तर
हेक्का छैन कहाँ, कसले, कहिले कसरी
अप्नाउने हुन्
म आकाशको परिवर्तित खण्ड नियाल्छु
आन्तरिक विस्फोटपछि
छरिएका भग्नावशेषको कन्तबिजोक
चिच्याहटले कर्णपट छिया छिया हुन्छ
मौनताको तुवाँलो फैलिएर
कोषैँ दूरी फाँट सरि तन्किएको महसुस गर्छु।
म आफ्नै बिचार र भावनाका अस्थिपन्जर
बटुलेर चिता सल्काउछु
आहातका बज्र प्रहारद्वारा मेरा घायल चेतनशील
परिकल्पनाहरू क्षतबिक्षत भएको भान हुन्छ।
स्वछनदताको परिभाषा मबाट कोषौँ पारि बसाइँ सरिसके
म अलौकिक्ताको खास्टो ओडेर परिवर्तित तुल्याइरहेको छु।
मनका साँगुरा शिथिल गल्लिहरू
नव मार्ग खोजे जस्तो लाग्छ
एक तमासले मन बिथोलिन्छ
बिरानो परिवेश भित्र अल्मलिएर बाटो बिराएको
हो कि ?
छुट्टै अनुभूतिहरू मनै मनमा निसासिए झैँ
उत्पातसंग तारहरू दौढन्छन्
कुनै साधकको दौढधूप जस्तो
म आकाश नियाल्छु
क्षुब्दताको डडेलो लहरबद्ध भै मेरा
बिचारहरू डडाउछन
म शून्य शून्य बादलको धमिलो आकृति पल्टाएर
मनसंग मेरा आशा र सैधान्तिक आदर्श सापटी माग्न विवश छु
दिग्भ्रमित छु
स्नग्ध
फिक्का
तुसारो खेपिरा’छु।