जीवनको कथा
मोतिराम रिजाल
ओहायो, अमेरिका
छोराछोरी पाले ताले यही भारीको भरमा,
जीवन भरी कहिल्यै पनि सुधृएन यो कर्म ।
उडी हिँड्ने बादल जस्तो जीवनको कथा,
जता लान्छ हुरीले जान्छु त्यतै त्यता ।
सिमलको भुवाजस्तो उड्छ मेरो मन,
हिँड्दा हिँड्दै विरक्तिले आँसु अडिएन ।
विदेशमा आएकाछन् झुन्डिएर मर्छन्,
खै केको अभाव भएर हो आत्महत्या गर्छन् ।
होला बरु झुपडीमा भोकै सुत्नु राम्रो,
बल्ल बल्ल पाएकाछौ मानव जीवन हाम्रो ।
कालो धन थुपारेर ढल्की हिँड्नु भन्दा
भगवानको सेवा गर्नु आत्महत्या भन्दा ।
चाहिँदैन हामीलाई सुनको दरवार
सकेसम्म भगवानको भक्ति भजन गर ।
चाहिँदैन हामीलाई हिरा मोती हार
चाहिँदैन हामीलाई चमेलीको घर ।
आत्महत्या गर्नु भन्दा ईश्वर भक्ती गर
यो जीवनलाई बेकसुरमा हत्य नगर ।