जीवनको ग्रेट्वालमा उभिएर

कवि

विश्वास लामा

आफूलाई सुनामी सम्झिनेहरू
प्राय:
फूलको रुपमा पेस हुन्छन्
कहिले काँडाको अभिनय हुन्छ
अनि,
धारिलो हतियार बनेर
रेट्न आउँछ पारिजातको जीवन
म,
यती बेला,
उही जीवन भोगिरहेको छु
अनि,
कैयौँ हिट्लरहरुको भिडमा
बेमौसम हराएको छु
अनि,
खोज्दैछु,
निरन्तर,
महत्मा गान्धीहरु
गौतम बुद्धहरु
जिजस क्राइस्टहरु,
यो दुनिया बिल्कुल फरक छ
आँखामा सपनाहरु ओछ्याएर
मैँले कैयौँ रात तिमीलाई सम्झेकोछु
तर,
तिमी प्रत्येक रात भुकम्प बनेर
मेरो रहरको बलात्कार गर्छौ
म,
यती बेला हराएको बतास भएको छु
एउटा खाली पन्नामा जीवन कोर्दैछु
सत्य र असत्यको
माया र हिंसाको
बस्,
यो खाली पन्नामा लेखिनु छ
जीवनका रहस्यहरु

मलाई फूल मुस्कुराएको हेर्नु छ ।

One Reply to “जीवनको ग्रेट्वालमा उभिएर”

  1. Lakshmi Prasad Dhakal

    म,
    यती बेला हराएको बतास भएको छु
    एउटा खाली पन्नामा जीवन कोर्दैछु
    सत्य र असत्यको
    माया र हिंसाको
    बस्,
    यो खाली पन्नामा लेखिनु छ
    जीवनका रहस्यहरु

    लेखक विवशजी, यी माथिका हरपमा बिशाल भाबुक छ अनि आर्थ महशु भयो.
    याहाको लेखको एक प्रयासी

    लक्ष्मी प्रसाद ढकाल
    आम्सटरडाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *