जीवन–बगरको कथा

एल्. वि मंगर
खुदुनावारी, झापा

ग्रीष्मको प्रचण्ड गर्मी र
शिशिरको कठ्याङग्रीने जाडो सहेर
सदियौदेखि नदी किनारमा थन्किएर
चिरा–चिरा परेको चट्टान जस्तो
खै कस्तो, हाम्रो जिन्दगी ?
भदौरे भेलले बगाएकोे ढुङ्गा भैंm
ठोकिँदै,फुट््रदै, अस्तित्व गुमाउँदै
गाँस, बास र कपासको खोजीमा
मान्छेले–मान्छेका अनुहार नचपाएका पनि होइनन्
बिग्रेल्ती लासहरु हरेक दिन
शमशानघाट नओसाएिका पनि छैनन्
निर्धक दिन सक्ने मुठीहरु
लिनलाई आँतुर नभएका पनि होइनन्
एकपेट भर्नलाई कि त
मान्छेले–मान्छेकै चोक्टा लुछ्नु प¥यो
यहाँ भोजन होइन,भोक नै मीठो छ
विधिको विधान भनौं या विडम्बना
हरेक रात मान्छेले सन्न पाएको छैन
मिर्मिरे उषाको पारिलो घाममा
फेरी त्यही शङ्खको आवज
उफ……..!
कहिले सम्म ओसार्ने ?
कहिलेसम्म बन्ने ती बिग्रेल्ती लासहरुको मलामी ?
महाडको वैशाखी वनमा रमाउने मनहरु
मरुभूमिमा कहाँ रमाउन सक्थ्यो
हाम्रो जीवन र बगरको कथामा
रत्ति पनि फरक छैन
एकलास बगर जस्तै पट्यार लाग्दो
खै कस्तो, हाम्रो जिन्दगी ?
खहरेले ढुङ्गा बगाए भैmँ
जीवन–किनारमा बगिरहेकाछौं
फुट्ने बाटैमा फुट्दैछौँ
छुट्ने हरेक भङ्गालोमा छुट्दैछौँ
यहाँ हात हल्लाएर, अन्तिम बिदाई
दिनुको विकल्प छैन
खै कस्तो, हाम्रो जिन्दगी ?
जीवन–बगरको कथा जस्तो

Leave a Reply

Your email address will not be published. Required fields are marked *