भानु ढुङ्गाना
क्यानाडा
एकातिरको एक पाटो
अर्कातिरको अर्को पाटो
अगाडीको एक पाटो
पछाडिको अर्को पाटो
एकातिर जोगायो अर्कातिर लर्किन्छ
अर्कातिर जोगायो एकातिर फर्किन्छ
वास्तवमा जीवन त
घचुराको फूल रहेछ
काँडाले घोच्छ गुलाफ भए
हिलामा फुल्छ जीवन रहे
जीवन त केवल घचुराको फूल
फल्ने सपना बोकेर
फुल्न गएछ
तर पनि अवसर घचुराको फूल भए छ।
झमक कुमारीले सोध्थिन्
” जीवन काँडा कि फूल ? “
उत्तर खोज्दा मैले पाएँ
खुल्ला भित्रको काँडा हैन
रहेछ जीवन घचुराको फूल।
You might also like

नैना सुब्बा बराइली द्वारका, नयाँ दिल्ली उकालो अनकन्टार बाटोबाट अँध्यारो गल्लीहरू हुँदै हिँडेका कठिन यात्राभरि एक गुच्छा कागजको फूल हातमा लिएर भ्रमित सुगन्धको सपना देख्ने सरल, निश्छल निमुखा मुटुहरूलाई केही भन्न मन लाग्छ मलाई। होइनन् तिम्रा पाखुराहरू परिश्रमलाई मात्र, होइनन् तिम्रा पसिनाहरू लुटाउनलाई मात्र, तर बिपनाको क्षितिजसम्म पुग्ने बाटो तिमीले…
परदेशी तारा न्यूयोर्क, अमेरिका गजल विधा भए मेरो जीवन दुनियलाई पढाइ दिन्थे हिसाब भए यो जीवन सयौ गुना बढाई दिन्थे सोचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न फूल हुन्थ्यो भने जीवन देउतालाई चड़ाई दिन्थे मानिसलाई नै मानिसको सधै साथ चाहिन्छ रे एक्लो भए यो जिन्दगी सबैबाट हराई दिन्थे म पनि…

डा० लक्ष्मीनारायाण ढकाल केन्टकी, अमेरिका भन्छौ तिमी मैले जितेँ उसलाई, हारेर उ भाग्यो हेर.... अरूलाई हराएर के जित्यौ, तिमी आफूसँग लडेर त हेर ! आफूसँग लड्न जति गाह्रो छ, आफूलाई हराउन त्यति नै साह्रो छ अरूलाई जिताएर त हेर आफू हार्न कति गाह्रो छ I जुन दिन जितायौ अरूलाई त्यस…