जीवन यस्तै हो

नैनसिहँ मगर
न्युयोर्क, अमेरिका

कसैले कसैलाई मर भनिरहनु पर्दैन
समय आएपछि नमर भनिरहनु पर्दैन ।
भाग्य आफूसँगै हुन्छ
कसैबाट पैँचो ल्याईरहनु पर्दैन
कसैलाई दिइरहनु पर्दैन ।
कर्मको फल खानु पर्छ
जति भोग्नु छ भोगिरहनु पर्छ
पखाल्दा पखालिएर जाने होइन ।
पाप पैसाले पखालिँदैन
पुण्य पैसाले कमाइँदैन
पाप नगर्नु नै पुण्य हो ।
दु:ख र सुख हाम्रा शत्रु हुन्
दु:खले पनि शान्त दिलाउँदैन
सुखले पनि नरम खिलाउँदैन
दुबैलाई बिर्सेर सुखी रहनु नै अलौकिक पुण्य हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *