जीवन सोचेभन्दा फरक हुन्छ
नैनसिंह सारुमगर
रोचेष्टर न्यूयोर्क, अमेरिका
मैले जानेको शिबिरमा त नाम अर्कै थियो, अमेरिका आएपछि नाम फेरिएको हो ‘माइकल’ । दुईजना नानीहरू भएपछि दम्पती छुट्टिए आ-आफ्नै दोषारोपणका कारणले । छुटिएका केही महीना भएपछि माइकलले दोस्रो दुलही ल्यायो I उनको नाम पनि खासै अर्कै हो तर अमेरिकातिर आएपछि सटिबा राखेको थियो । सटिबा पनि एक-अर्काबिच आक्षेपका कारण दुईजना नानीहरू भएपछि छुट्टै बस्दै आएकी थिइन् । एकै गाउॅमा बसोबास भएपछि त्यही वातावरणको संगालोमा माइकल र सटिबाकाबीच प्रगाढ प्रेम सृजना नहुने कुरै भएन्,छुटिन सकेनन्, आखिर उनीहरू जीवनसाथीमा परिणत भएरै छाडे ।
माइकल र सटिबा छुट्टाछुट्टै कारखानामा काम गर्थे । माइकल दुई बजी गएर एघार बजी राति आउँथ्यो भने, सटिबा चाहिॅ बिहान सात बजी गएर तीन बजी आउॅथिन् । दुबैतिरका नानीहरू कोरोनाको कारणले स्कूल बन्द भएपछि घरमै बसेका थिए । चारैजना नानीहरू दसवर्षभन्दा तलका थिए ।
सटिबा तीन बजी कामबाट घर आएर उनका दुईजना नानीहरू कारमा राखेर बजारतिर लागेको मैले देखे । घरमा रहेका दुईजना नानीहरू दहिलोबाट निस्केर हेर्दैगर्दा, पर पुगिसके पनि कारसॅगै फर्केर आइन् र कराइन् “तॅहरू अलछिना ! भाग्यमानी भए पो यसरी आमासॅगै हिड्न पाउॅथे त ! आमा र बाबा छुट्याइहालिस् । तॅहरू भित्र जा, मैले फेरि दहिलो खोलेको देखें भने करङ होइन प्राणै पो जान्छ नि, बुझ्यौ तिमीहरूले ?” भन्दै कर्केर फर्केको मैले सुने अनि देखे I म अलिकति झ्याल खोलेर बसिरहेको थिएं मेरै घरमा । नानीहरू घोप्टो मुन्टो पारेर भित्र डराउदै पसे अनि दुबैजनाले झ्यालबाट हेरिरहे, तिनै आमाको कार गुडेका तलसम्म ।
मेरो मनले पटक्कै मानेन सटिबाको कराई र झ्यालबाट नानीहरूको हेराई । केही छिनपछि म ती नानीहरूसॅग बोल्न मन लागेर त्यहाँ पुगें र दहिलोको घण्टी बजाएँ I सानु नानी चाहिॅ रूदै आएर भित्रैबाट भन्यो “ मामा हामीलाई दहिलो नखोल्नु भन्नुभएको छ आमाले, यदि खोलेमा करङ पनि प्राण पनि भाँच्ने कुरा गर्नुभएको छ ।” म एकछिन त्यहीं उभिरहें…… मनमा कुरा खेलाए, अलमल परें, अनि फेरि फर्केर घर पुगें I
तीन बजी हिडेका दसबजी आए बजारबाट I त्यो दृश्यले झन् मेरो मनलाई छियाछिया तुल्यायो । ती दुई नानीहरूले के खाए होलान् ? सटिबाले के भनि होला ? भन्ने खुल्दुली भैरह्यो ,कसै गर्दा पनि मेरो मनले नमानेपछि माइकल भोलि बस्ती जाने हो कि होइन भनेर सोध्ने बहाना बनाएर फेरि म त्यहाँ पुगें । घण्टी बजाएपछि सटिबाकै छोरो आएर दहिलो खोलिदियो म भित्र पसें । मलाई देखेर मुसुक्क हाँस्दै सटिबाले सोधिन्, “दाजु ! कति कामले रातिमासमा आउनुभयो नि ?”“बुहारी ! खासै ठूलो काम त थिएन र पनि म त माइकल भाइ भोलि बस्ती जानेथ्यो कि भनेर नि ।”“ किन दाजु बस्ती ?”“ ए, दूध खाट्टी पाइने रहेछ नि, बजारमा त पानी मात्र हुन्छ फेरि यो बन्दले कतिदिन तान्ने हो, मेरा नानीहरू त दूधबिना भातै खादैनन् । स्कूलपनि बन्द भयो, स्कूलमा सधै पिउने बानी परेका त्यही भएर नि ।”
“ए…….., दाजु ! तपाई जानुहोस्, हामी जादैनौं । के गर्नु र …हाम्रामा त एकदिन होइन एकछिन पनि दूधले पुग्दैन । यी छन् नि आमा बिनाका आमा खाने पिशाचहरु I यिनीहरूले गर्दा केही रहन दिदैनन् यहाँ । जति दिएपनि भयो भन्ने बोली छैन त्यसैले हामी बाहिर गएर खानमा बाध्य छौं । अब सुत्नेपनि दाजु, भोलि पनि काम छ । ए……रत्न, कुसुम हिंड सुत्न ।”
“हुन्छ म पनि जाने बुहारी ।”
तिनीहरू सुत्न गए, मपनि निस्कन खोजेको थिएँ , अघि मलाई दहिलो खोली नदिने नानीले हातमा समाएर रूदै भन्यो, “ मामा मलाई भोक लागेको छ माम छैन, हिजोको भात पनि दिदीले नुन छरेर छिटोछिटो खानुभयो मलाई दुई गाँस मात्र दिनुभयो त्यतिले अघाएन मामा ! म मामाको घर जाने अनि आशिषसॅग बस्ने सुत्ने नि ल ।”म त कसो गरौं कसो गरौं भएँ अलमलिएँ I निकैबेरपछि सटिबालाई बोलाएँ , तर उत्तर आएन । दिदी चाहिॅ कुनातिर आफ्नै आमाको फोटो हेर्दै रुदैथिइ । मैले देखें तर केही भनिन,त्यही सानु नानीसॅग अलमलीरहें ।
एघार बजेको थाहै पाइन बाहिर घण्टी बज्यो I को रहेछ भनेको माइकल पो रहेछ । मलाई पुलुक्क हेर्यो, सदा जस्तो बोलेन कालो मुख लगायो । मपनि कालो मुख लगाउॅदैमा डराउने छोरो पनि होइन, बिराए पो डराउनु र । बुहारीलाई छुन त परै जाओस्, छेउमा बस्न त निषेध छ हाम्रो चलनमा भनेपछि कालो मुहार लगाएर केही ताछ्ने छैन । निकैबेरमा बोल्यो माइकल, “किन, कतिकामले आएको थिइस नि जेठा ? चर्को स्वरले बोल्यो । मैले भने, “ए, ॲ …भोलि बस्ती जानुहुन्छ कि भनेर सोध्न आएको थिएं नि भाइ ।”“ अनि म काममा गएको तॅलाई थाहा थिएन ?”“ थाहा भएको भए के आउने थिएँ त ? त्यो ख्याल नभएरै त आएको नि । म अघिनै जाने थिएँ सटिबासॅग बोलीसकेको छु बस्तीको कुरा नजाने पनि भयो तर जानेखेरमा यो सानु नानीले बडो बिलौना गर्यो म छक्क पनि परे अनि सटिबालाई बुहारी-बुहारी भनेर कति कराए तर जवाव पाइन, यदि उठी भने यो नानी छोडिराखेर जानुपर्यो भनेर सोचेको थिएँ । त्यही गुनासोले गर्दा म अल्झिरहेको थिएँ , अब तपाई आउनुभयो म जाने ।” ल पनि भन्नुभएन र पनि म निस्के बाहिर ,तर सरासर घर जान मनले दिएन ,त्यही घरको चेपमा बसेर के- के भन्दा रहेछन् भनेर सुनिरहें ।
माइकल त हौ….. बम्किन थाल्यो भित्र, “ तिमीहरू किन नसुतेका हॅ…? यो जेठालाई मैले भगवान मानेको थिएँ तर यो राक्षस रहेछ I जब म कामतिर लागेपछि यसको रजाइॅ हुदोरहेछ मेरो घरमा । लाखे तॅलाई म जसरी भए पनि सटिबा जिम्मा लगाउॅछु त्यसपछि मारेरै छाड्छु । तॅ अर्काको घरमा आएर अनेक थोक गर्ने, तॅलाई नानी चोरमा, बलात्कारीमा, मुद्दा पेस गरेरै छाड्नेछु । पख, भोली यो काम गरेरै छाड्ने छु बरू काममा जाँदिन । तॅहरू जा सुत् । मेरो कन्सरी तातेर आयो ।” गर्जिदै गर्दा दिदी चाहिॅले रूदै, “ बाबा ! हामीलाई भोक लागिरहेको छ । अघि आमा कामबाट तीनबजी आएर उहाँकै नानीहरू मात्र लिएर बजार जानुभयो, दसबजी आउनुभयो, हामीलाई सबै सफा गर्नु लगाउनुभयो अनि मारसॅगले गाली गर्दै सुत्नु जानुभयो । म त मेरै आमा भएतिरै जाने यहाँ नबस्ने बा ! म त अहिले नै जाने ।”
“ चुप लाग्…….. तॅ परिपाठिनी, तेरो ढाड भचाईदिन्छु अहिले ! त्यो हातमा के बोकेकी ?”
“ यो मेरी आमाको फोटो हो ।”“ यता ले भन्दै उ रन्कियो” अनि त्यो फोटो च्यातच्युत पारिदियो ।
छोरी चाहिॅ रूदै च्यातिएका फोटाहरू संकलन गर्न थाल्छिन् बाबालाई हेर्दै, भाइ पनि बाबालाई हेर्दै डराउदै,आएर दिदीलाई सहयोग गर्न थाल्यो । माइकल चाहिॅ सरासर माथि सटिबाको कोठाभित्र पसेको आवज आउॅछ । एउटा सुरिलो वाक्य प्रस्फुटन हुन जान्छ, “ए पाखण्डी, शरीर सिनो बनाएर नसुत, सबै लुगा खोल म परीक्षण गर्न आएको, तेरो त्यो जेठा भनाउदा दैंत्यसॅग आज लगायत अरू दिनमा कति चोटी उठबस भए भन् ?”खपिनसक्नुको बबाल भएपछि म पनि घरतिर लागें ।