जीवन 

भानु ढुङ्गाना 
क्यानाडा

जून झुल्किएका थिए
अस्ताएर गए
घाम झुल्किएका थिए
अस्ताएर गए
जून अस्ताएर गए
घाम अस्ताएर गए
खाली आकाशमा ताराहरू भए
ताराहरूका सहाराहरू गए
यहाँ मात्र आइरहने सम्झनाहरू
सम्झनाहरू मात्र भए।

अनुभूतिको आभा मण्डल
आभास सलबलाउने
पृथ्वीको परिक्रमा जस्तै घाम र जूनको परिक्रमा गरिरहने
अनुभूति उदाउँदै बिलाउँदै गए।
तर,
यो क्रम हो क्रमश: क्रमहरु भए
हिजो झुल्किएका घामभित्र
आकाशका ताराहरू, तारामण्डल थिए
फेरि पर्ने रातको छतमाथि  उभिएर, कतै जून पर्याय थिए
यो क्रम हो, क्रमश: चलिरहेको छ
यो क्रम हो, क्रमश: चलिरहेको छ
बिहानीका घाम,अपराह्नका हुँदै जाने
सबेरैका जून अबेरै हुँदै जाने
सबेरै देखा पर्दै अबेर बाटो लाग्दै
आउने र जाने यो क्रम हो।
वसन्त आएर, गृष्मलाई दिएर जान्छ
गृष्मले वर्षालाई पारी राखेर  जान्छ
यो चलिरहने क्रम हो
क्रमशः चलिरहन्छ
जो छ वटा ॠतुका  राग र वैराग आफ्नै छन्
आ-आफ्नै भोगाइहरू छन्
यो क्रम हो, गृष्म, वर्षा र शरद्का छाँयाहरु यौटै उस्तै देखिए पनि
त्यहाँ भित्रको अन्तर बस्तु
अलग -अलग गतिमा छ
तर बाहिरी आँखाको अगाडी
झन्डै उस्तै एकै नासको छ
यसको अन्तर वस्तु आफ्नै अन्तरालमा छ।।

Don't have a Facebook account? Please, use the form below with other options!