जूनकीरी र जिन्दगी

कवि

सन्चमान खालिंग
पिट्सवर्ग, अमेरिका

अञ्जुलिमा जूनकीरी बोकेर जिन्दगी
कुदिरहेको छ, कुदिरहेको छ
चुपचाप चांचल खोज्दै खोला तर्न
सदियौंदेखि
कहिले भीरमा लड्यो
कहिले खोलामा ढल्यो
फेरि बटुल्छ पोखिएको जूजुनकीरी
र सुरु गर्छ यात्रा
यो दौडाइमा
जिन्दगीसँग जूनकीरी हुनै पर्छ
नत्र ठप्प रोकिन्छ मान्छे
अनि रोकिन्छ संसार

१/१८/२०१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *