जे गर्नु छ समयमै गर !

कर्ण गुरुङ/ नेब्रास्का, अमेरिका

सपना देख्दा देख्दै बुढो भइसकें
भोलि भन्दा भन्दै ढिलो भइसक्यो
अब बाकी जिउनु कति नै पो छ र ?
हात खुट्टाले काम गर्न छोडी सके
मस्तिष्कले स्मरण गर्न छोडी सक्यो
पछुतो के गरौं समय गुमाई सकें
आज भोलि आफ्नैले पनि पत्याउँदैन
लौरो र बैसाके टेक्न सुरु गरिसकें
बुढेसकालमा अपमानित हुनु पर्दा
के गर्ने! हरेस र चरेस दुवै खाइसकें

आँखाले धोका दिएर होला नेत्र बहादुर
छाम-छाम, छुम-छुम गर्न थाली सके
कानले धोका दिएर होला कर्ण बहादुर
सानो बोल्दा अरूले ठुलो सुन्न थालिसके
विगतले सरापेर भिजेको बिरालो भइसकें
जवानामा हिरो थिए, आज सब गइसके
यति खेर मृत्यु सैयामा लम्पसार छु
अनन्त जीवनको सत्यलाई स्विकारिसकें !

साला… जिन्दगीमा के नै गर्न सकें
सपना देख्दा देख्दै बुढो भइसकें
भोलि भन्दा भन्दै ढिलो भइसक्यो !
अब बाकी जिउनु कति नै पो छ र?
हात खुट्टाले काम गर्न छोडी सके !
मस्तिष्कले स्मरण गर्न छोडी सके
सपना देख्दा देख्दै बुढो भइसकें
भोलि भन्दा भन्दै ढिलो भइसक्यो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *