झट्ट सम्झँदा ……….
सुदर्शन पोखरेल
डेनमार्क
आङ सिरिङ्ग हुन्छ्, चौहान सरको पेटि
आजसम्म पनि दागै पो रहेछ्, आ था था
झट्ट सम्झँदा ………………………
आङ सिरिङ्ग हुन्छ्, चौहान सरको पेटि
आज सम्म पनि दागै पो रहेछ्, आ था था
समयचक्र पनि कस्तो कस्तो,
खोज्दै हिँड्थ्यौँ बाङ्गे-बजार सस्तो मस्तो
झट्ट सम्झँदा…………..
भाग्यमानी लाग्छ आफूलाई
बाँचियो बैतड्नी खोलामा
अनि देउनियाको जालमा, तर झन्डै स्वर्गे, आबु इ
झट्ट सँम्झदा………………….
पाठकको गोठ,
अनि प्राय सबैका घर्को तुलसीको बोट
बालबच्चा, वृद्धवृद्धाको फुस्रो ओठ
थियो एउटै आवाज सबैको,
भूटान, भूटान मुलमन्त्र,
खोइ कहाँ गयो त्यो बिरानो अठोट ?
झट्ट सम्झँदा …………………….
हरियो वन, यादमा आउँछ चारआली जङ्गल,
त्यहाँ हिँड्दै पढेको, रुखमा चडेको,
अनि कसैले घोकन्ते भनेको
अनि झोडेले हामीलाई भुसुना गनेको ।
झट्ट सम्झँदा……………
क्याम्पसको जीवन, म डेरामा बस्दा,
बाहिरको साथीलाई ढाँटेको,
डाइवेटिजको उपचार हुन्छ भन्दै
अल्वासँग शिविरको बगडा साटेको,
शिविर भन्न छोडेर गरामुनि-२ भनेको ।
झट्ट सम्झँदा……………..
ढाँट्न पनि अति नै ढाँटेको,
सात्तु भुटेर लागी,
अनि यो त महँगो छ भन्दै,
कहिलेकाहीँ त्यहीँ बेच्दै,
सागपातको लागि जोहो गर्दै
झट्ट सम्झँदा ……………..
जहाँ ईच्छा त्यहाँ उपाय,
हुन्न होला नि हामीलाई सजाय,
त्यो त हाम्रो बाध्यता थियो
झट्ट सम्झँदा……………..