झन्जट् !!!

कवि
कवि

प्रतिमान सिवा
ओहाइयो, अमेरिका

महङ्गी कति बडाउँछौ तिमी,
यहाँ खल्ती चुहिएको बेला ।

सान कति लडाउँछौ तिमी,
यहाँ इमान नुहिएको बेला ।

चुचुरा कति छुन्छौ तिमी,
यहाँ सपना तुहिएको बेला

माया कति लगाउँछौ तिमी,
यहाँ मित्रता कुहिएको बेला ।

असत्य कति बोल्छौ तिमी,
यहाँ आन्द्रा-भुँडी दुहिएको बेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *