तपी दुवो
श्याम खनाल
पेन्सेल्भानिया, अमेरिका
…………….क्रमश:
कती मरे कुना परी कती वगे नदी लगि।
कती त टट्टिए घरी- घरी खडेरिले डढी॥७॥
यहाँ समन्भए पछि वचुन्तिनी कसो गरी।
तथापि ती दुखी,खपी,समालिए सदा झुकी॥८॥
धरा तले प्रवाहले लगे र कोहि वागमा।
नरै दयादि शीतले सुधारिए छ झाङमा॥९॥
जरा परेर भूमिमा हरीत भै छ अङ्गमा।
सबै अचम्म दङ्गमा परे रमी त रङ्गमा॥१०॥
उखेलिए छनी, भनी न हेरने जनै हरू।
पिछा परे,विचार रे कि छक्कमा परे बरू॥११॥
तपी,भुपौ,त्रिणे,भरी छ रे परात्म आसनै।
बुझे त मानवै,दुवै छ सुद्ध “ईश”वास नै॥१२॥
न फाल है! ल! झार झैँ चिनाउ! सर्व-मित्त्र झैँ।
उखेलिए,ढले टिपी सजाउ वास भित्त्र मै॥१३॥
गरी विरोध,जा! परै भनी अरिष्ट नै गरे।
पछी उछिट्टिई कनै त आउला त्यतै भरे॥१४॥
घरै पसी, जरा धसी बँदाउला कसी वरी।
छिटै न यो समालिए सताउला सधैँ भरी॥१५॥
विमार आज पाउमा छ पार्छ मात्त्र लङ्गडे।
विमार शीरमा पुगे ढलिन्छ पो कु ढङ्गले॥१६॥
तपी-दुवो भनेर ऊपमा छ झारको भने।
विमारको छ कत्थनै र शीर पाउ गोडने॥१७॥
वन्यो प्रकॄतिकै कृडा कुरा छ नीतिकै कडी।
निरर्थि भै नमान दिक्क पाठकै बुझे! बढी॥१८॥
यहाँ-वहाँ, जहाँ-कहाँ छ विश्वको करेँसमा।
गगन्धरा चलाउने छ दिव्य शक्ति माथमा॥१९॥
दुवो शरी रहे छ के? उखेलि फालिए छ रे ।
विमार के? र पाउ के? र लङ्गडे वनिन्न्छ के?॥२०॥
छ शीर के? विमार्परे ढलाइ नै त दिन्छ रे ।
छ काव्यमा रसै वडी बुझे उपाय दिन्छ रे!॥२१॥
“सुजाव” यो छ भू-प- लौ पुगी र हेस्त झट्गरी।
छिटै बुझी समाल है सताउला सधैँ भरी।
छि न यो समालिए सताउला सधैँ भरी॥२२॥