तम्सिएर खै के भयो ?

भानु ढुङ्गाना
क्यानाडा

अब आगो भरभराए झैँ भरभराएर हुन्छ जस्तो लाग्दैन,
नदी सुसाए झैँ सुसाएर हुन्छ जस्तो लाग्दैन।
हावाको झोक्का सुइँकिए झैँ सुइँकिएर पनि होला जस्तो छैन!
अहँ!!! मलाई यो सबै केही हुन्छ जस्तो लाग्दैन
बन्दैन अब अनावश्यक होडबाजीको इतिहास रचिँदैन,अहँ हुँदैन ।

झिल्का झैँ उडेर, फिलुङ्गे झैँ निस्किएर
बिलाउनेको सेउलाले दोबाटे मन्साएर
गराको ढुङ्गो आलीमा अड्याएर
त्यो धराप राखेर के हुन्छ बाँसको पुङ्तो बजाएर
सदन भित्र पसेको बहिरो मान्छेलाई के हुन्छ सडकमा कराएर
ऊ निलो चस्मा लगाएर भित्तामा अवस्थित फोटा हेर्दै छ
सडकमा छोडेर रातो झन्डा अब ऊ आलिसान जीवनमा छ
अब भो, भयो नकराए हुन्छ बहिरा भकाएछन्  कानहरू
उनीहरूका सुन्दैनन् पिडा  तिम्रा अब
भाग्य परे बालुवाटारमा माथि पुगेका खुनीहरूका

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *