तिताे सत्य

टिका ढुङ्गाना 
क्यानाडा

जिन्दगीले धेरै कुरा सिकायो
तर खेल सिकाएन
जहाँ जान्छु त्यहाँ पीडा देख्छु
जीवनको मीठो मेल सिकाएन।।

कर्मभूमिमा देख्छु ति वृद्ध -वृद्धाहरु एक्लै भएका
न परिवार छन् न त छिमेकीनै
मन भावुक ! भएर आउँछ-
किन जिन्दगीले सबै दियो
तर माया दिएन !।

ती बाबा आमा बुढा भए त के भो !
हाम्रो कर्तव्य हो माया दिने।।

बा आमाले सानो छँदा चल्न सिकाए
तर साथ छोड्न त सिकाएनन् नि
फेरी किन एक्लिछन् वृद्ध आश्रममा ?
फेरी पनि जिन्दगीले धेरै कुरा सिकायो
तर किन माया सिकाएन
जीवनको नाम त दियो
तर अर्थ सिकाएन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *