तिमी को हौ ? 

लक्ष्मी दुलाल 
अमेरिका
प्रिय !
तिमी को हौ?
मनको मन्दिरमा आएर
मनको मनमै बहार ल्याएर
दिनको दुख र रातको चयन भुलाइ दिने
प्रिय तिमी को हौ?
प्रिय!
तिमी को हौ?
मनको अधर हौ
या
रातको प्रहर ?
प्रकृतिको सुन्दर उपहार हौ
या
सङ्गीतको मिठो झङ्कार
प्रिय!
तिमी को हौ?
मुटुको मोल हौ
या
मनको हर तोल
.
.
.
गीतको हर बोल
या
अमृतको हर घोल
फूलको सुवास हौ
या
हर दिन हर दिवस
के हौ?
एक बार बतास बनेर आऊ
हृदयलाई हृदयमा लगाएर बत्ताऊ
तिमी प्रेमको हर निवास हौ
या
जीवनको हर विवश हौ
प्रिय तिमी को हौ?
मनलाई मुटुको भाषा सिकाउने
आत्मालाई परमात्माको दिशा देखाउने
यात्राको एक सँग हौ या
म भित्रको म हौ
प्रिय!
तिमी को हौ?

One Reply to “तिमी को हौ ? ”

  1. J N Dahal

    राम्रो कविता आजो लक्ष्मीजी । निरन्तर लेख्नु होला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *