तिमी नै हौ सबैको प्रिये
केशव काफ्ले
पि.ए , अमेरिका
जब दिनले विदा लिँदै जान्छ
सूर्यका किरणले क्षितिज पारि
पहाड पर्वतका टाकुरामा
विश्राम लिन्छन्
मनमा समुद्रको छाल आए झैँ
खुसीको सीमा रहँदैन
दिनभरिको थकानले
तिमीलाई नै सम्झिरहेँ
तिमीनै हो सबैको प्रिये
तिमीलाई मन नपराउने को नै पो छ र !
प्रेम गर्नेदेखि आपराधिहरू तिम्रै प्रतिक्षामा
घण्टौंदेखि प्रतिक्षारत छन्
तिम्रै ढाडमा चढेर
नेता भन्नेहरू संसार बदल्न खोज्छन्
कहीं कतै कु-गर्दै आफूलाई वरिष्ठ ठान्छन्
तर मेरो प्यार िनस्वर्थ छ भन्ने बुझेनौ
हिजो बिहानै मलाई छोडेर गयौ
अनि म बाध्य थिएँ
उसको लालिमा भर्न
उसलाई हसाएँ
आफूलाई खियाएर
म भित्ताको घडिलाई हेर्दै
पाँच बजेको सङ्केत पाउँछु
अनि सुस्त सुस्त तिम्रो अंगालो
जब रश्मिले हिमालय पर्वतमा विश्राम लिन्छन्
छोड्न मन कत्ति हुन्न
तिम्रै परिधि िभत्र रमाउन मन हुन्छ
यो चिसो मौसममा तिमीलाई नै सिरकको बन्धनमा राखी
तर खोइ प्रकृतिको नियम
केही समयपछि कता जान्छौ कता
अनि म सधैँ झैँ उसको लालिमा भर्न
हतार हतार दौढन्छु ।