तिमी र वर्षा
डिल्लिराम रेग्मी
ओहायो, अमेरिका
वर्षाको एक थोपाले, डोका ढकढक्याउँदा
यस्तो लाग्यो तिमी आयौ, होहल्ला तिम्रै थियो।
सुनसान हिँड्दै जाँदा वर्षासँगै
छोएर हावाले साथ दियो
यस्तो लाग्यो तिमी साथमा, स्पर्श तिम्रै थियो।
यो वर्षा पनि यसै रुक्याे
तिम्रो साथ पनि न सँगै रुक्याे
यस्तो लाग्यो छाडी गयौ आनी-बानी तिम्रै थियो।