तिहारको आशिष
भक्त घिमिरे
अमेरिका
दशैं गयो, तिहार आयो
खानपिन अब खास होस् ।
बेरोजगार जुवाडे अड्डामा,
हातभरि तास होस् ।
ऋण-पान गरी खेले पनि,
पैसा मार्ने आश होस् ।
जति हार्यो त्यत्ति बढ्यो,
धैर्यताको नाश होस् ।
घरखेत सबै दाउमा फाली,
अर्काकैमा बास होस् ।
ढिकुटीमा चामल छैन,
न एक दाना मास होस् !
कामना त गर्छौ क्यारे कराईभित्र,
छिमेकीले पालेको त्यो ‘हाँस’ होस् !
यदि !
अबका दिनमा पनि
खेतीबिनाको अन्न खोज्ने,
तिम्रो यस्तै चाल रहे,
नमरी नै तिम्लाई बोक्ने
अँगनमा बाँस होस् !!!
नेपालीहरूको व्यवहारिकतालाई औंल्याउन खोजिएको यो आशिष कविता साँच्चै घत लाग्यो । पहाडे ब्यहोरालाई ठ्याक्क टिपेर यहाँ राखिएको छ। यसै गर्छन् विशेष गरी हाम्रा घाउँ-घरका ठिटा र लगभग सबै लोग्नेमान्छेहरू। तर, अन्तिममा लाश बोक्ने बाँसको कुरा र नमरी नै जिउँदै पोल्न लाने कुराले अलि खल्लो बनाएजस्तो लाग्यो। श्राप दिएझैं पनि लाग्यो। यति कुरामै सारा समाजलाई श्राप दिइहाल्नु उचित होला र भक्त दाइ?
Yini maya vanne kt lai lage 6 maya kun kun fatah man6ay ko, yo Bhakta Dai le vaneko kura thikai ta ho ni, euta euta lai jimdai napolesamma hamra chelibeti ko dukha ka din jadainan. Tara yaha kura logne man6ay ra aimai ko hoina. Parishram nagarne, thagne ra samanti prabriti ka sabailai uniharuko socahi chai polnu par6a!