तीज

कुमारी पोखरेल
अमेरिका 

वर्ष दिनको अन्तरालपछि तिज आयो
बरिलै!
नारीहरूको मुहारमा हाँसो खुसी छायो
बरिलैI
हाँसौँ नाचौँ बनौँ सुखी
बरिलैI
नबनौँ है कोही दुःखी
बरिलैI
दिदीबहिनी भेला भई नाचौँ गाउँ
बरिलै!
सबैको जीवनमा खुसीयाली छाओस्
बरिलै!
हाँस्दा नाच्दा रमाइलो हुन्छ
बरिलै!
त्यसको फाइदा स्वास्थ्यमा हुन्छ
बरिलै!
कस्तो भाइरस आयो संसारलाई त्रसित बनाउने
बरिलै!
सावधानी अपनाउन नबिर्सौँ
बरिलै!
कोरोनाले हाम्रो जीवन अस्तव्यस्त बनायो
बरिलै!
डराउनै पर्छ यो भाइरसबाट
बरिलै!
कोभिड विरुद्धको खोप लगाउन नबिर्सौँ
बरिलै!
यसपालि घर-घर भित्रबाट भए पनि तीज मनाउ
बरिलै!
इन्टरनेट जूमको माध्यमबाट भए पनि दिदीबहिनी भेला हौ
बरिलै!
यसपालिको तीजमा हाँसौँ नाचौँ
बरिलै!
हाम्रो चाड हाम्रो पर्व नबिर्सौँ
बरिलै!
दिदीबहिनी भेला भई हाँसौँ नाचौँ
बरिलै!

Leave a Reply

Your email address will not be published. Required fields are marked *