तीन छोटा कविता

मदन दुलाल
पेन्सिभेनीय, अमेरिका 

आगो

रूपान्तरण स्वाभाविक
अवस्था/स्थिति जे भए पनि
गुण सर्वोपरि

तसर्थ,
आगोले पोल्छ !
चाहे त्यो
अगुल्टो होस,
– झिल्को होस,
– कोइला होस
चाहे ‘दनदनी दन्किएको मुस्लो’ नै होस्
या
हजारौँ मिल टाढा स्थित तप्त सूर्यनै किन नहोस्
पोल्छ ! पोल्छ!! पोल्छ !!!

आतङ्क

…… र
समयानुक्रम सँगै सबै ठिक हुन्छ
भनिएको थियो ।

विडम्बना,
घाउ बल्झियो समयसँगै
कहिल्यै नथाक्ने गरी
क्रमानुगत फैलिनु छ
अनन्त ….अनन्त सम्म
आतङ्क बढ्दै छ शनै:शनै।

अचम्म

खुस्किनलाई त गाँठो पो हो
किन यस्तरी खुस्केको हँ?— मान्छेको हावा
के गाँठो हो मान्छे?
हो भने
मान्छे,मानवताको सङ्लोमा बाँधिनु पर्ने
किन खुस्कियो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *