तुलनात्मक संदेश

मधु घिमिरे
मासाचुसेट ,यू एस ए

जस्तै कष्ट र पीडामा हुँदैन आतिनू कति
वृक्षको हेर जाडोमा झर्छन् पात भए जति ।

सानो यो कमिलो हिँड्दै टाकुरो छुन पुग्दछ
लगातार गरे कार्य सफलता छ सुनिश्चय ।

सानो चीज भनी कैलै हेला नगर्नु बेस छ
सानो त्यो चक्षुको नानी विश्व देख्न सगाउँछ ।

आफ्ना भाका र भाषाले सिकाउँछन् रमाउँन
नभमा काग खुल्ला छ सुगा पाएन उम्कन ।

सारालाई खुसी पार्न कहिल्यै छैन सम्भव
दियालो मुनि थोरै नै सदैव अन्धकार छ ।I

Leave a Reply

Your email address will not be published. Required fields are marked *