त्यागका जुनतारा

कवि
कवि

प्रकाश धमला
एड्लेड अस्ट्रेलिया

मध्य आकाशबाट
एक

टुक्रा बादल फाटेर
म तिमीसम्म थोपा थोपा भई
अनवरत झरिरहें
म कहिले हावासँग जुध्दै झरें
कहिले तापमा

परेर झरें
कहिले बादलसँग मडारिंदै झरें
कहिले झर्दा-झर्दै मरेर झरें
साँच्चै सानु
म तिमीसम्म झर्नका लागि झर्दै झरें

लाग्थ्यो मेरो झराईमा तिमी
सामिप्यता पाउछौ
लाग्थ्यो मेरो संर्घषमा तिमी
विनय प्राप्त गर्छौ
लाग्थ्यो मेरो आँसुमा तिमी
भावविभोर हुन्छौ
लाग्थ्यो तिमीबाट म पुनः झर्दिन
तर म थोपा भएर तिमीसम्म आउँदा
तिमीले त खोइ किन हो
मलाई झन् सागर बनाएर झार्यौ

म तिमीसम्म झरें
तिमीले भुइँसम्म झार्यौ
भुइँले कहाँसम्म झार्ने हो
थाहा छैन मलाई
बस,
मलाई प्राप्तिको घामभन्दा
त्यागको जुनतारा नै प्यारो लाग्छन्
त्यसैले होला
आफू माटोमा मिलिरहँदा पनि लाग्छ
एकपटक तिमीलाई
उभिने सहारा दिएर
मात्र मिलूं

Leave a Reply

Your email address will not be published. Required fields are marked *