त्यो वर्जित फलको रुख होइन

कवि

शिवलाल दाहाल
खुदुनाबारी, झापा

म भन्छु –
त्यो वर्जित फलको रुख होइन
आदाम र इभलाई प्रतिबन्ध लगाइएको

त्यो त सहस्र आँखाहरुको केन्द्र हो
त्यो त सहस्र मानिसहरुको निष्ठाको प्रतिबिम्ब हो
त्यो त लाखौं मानिसहरुको आस्थाको प्रतीक हो
त्यो त लाखौं मानिसहरुको शीतल छहारी हो
त्यस वृक्षाको फल हेरेर चुपचाप
कोही पेट निचोरेर भोकै बस्न सक्तैन
कोही आङकन्याएर नाङ्गै जिउन सक्तैन

त्यस वृक्षको फलबाट बञ्चित गराउन
पर्खालहरु,भित्ताहरु नबनाए पनि हुन्छ
किन भने
जब ती बर्लिनको पर्खाल भैmँ ढल्नेछन्
अनि तिमीले बर्जित गरेर राखेको वृक्षको फल
एकाएक चोरिने छ—
प्रमिथस्ले आगाको फिलुङ्गो चोरे भैंm
अथवा लुब्र दरवारबाट एकताक हराएको मोनालिसाको मूर्ति भैंm
अनि एकासी आपूmलाई पराजित सम्झेर
तिमी मुर्छा पर्ने छौ
मणि हराएको सर्प भैंm
अनि कहिल्यै नउठ्ने गरी
तिमी पछारिने छौ
युगले खनेको खाडलमा
र सहस्र मानिसहरु त्यही वृक्षाको फल खान झुमिने छन्
र नयाँ युगको उदयहुने छ
जहाँ स्वतन्त्रपूर्वक प्रत्येक मानिसले आफनो भाग्य निर्माण गर्न पाउनेछन्

म भन्छु –
त्यो वर्जित फलको रुख होइन
आदाम र इभलाई प्रतिबन्ध लगाइएको

One Reply to “त्यो वर्जित फलको रुख होइन”

  1. D.b Rai

    शिव जी ,तिन्रो नीरातर भाषा संस्कृत्ति र सहीतिया को पर्बदन को निम्ती जसरी हरदम प्रियाश गरी रहनु भयको छ , तिमीलाई धेरै धेरै बधाई र सुभकाम अनी प्रगतिको कामना.

Leave a Reply

Your email address will not be published. Required fields are marked *