त्रिवेणी साहित्यको  नयाँ कार्यसमिति गठन

यहि मे ३० मङ्गलवारका दिन त्रिवेणी साहित्य मञ्च हेरिस्वर्ग पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिकामा साहित्यकार केशव वैरागी माइलोको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ। हिन्दु धर्म एवं संस्कृति सङ्गठन (ओ.एच.आर.सी) हेरिस्वर्गको भवनमा सम्पन्न पद हस्तान्तरण कार्यक्रम दिपकजङ्ग विस्वकर्माको  अध्यक्षमा  रहेको थियो । मञ्चका निवर्तमान अध्यक्ष नवीन भट्टराईले नवनिर्वाचित अध्यक्ष वैरागी माइलोलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका थिए । एघार सदस्य सहितको नयाँ कार्यसमितिमा मञ्चले सात जना सल्लाहकार पाएको छ।
वर्तमान कार्यसमितिको अध्यक्षमा केशव घिमिरे, उपाध्यक्षमा प्रेम घिमिरे, सचिवमा नारद आचार्य, कोषाध्यक्षमा महेन्द्र अधिकारी  रहेका छन् । त्यसरी नै सह-सचिवमा शेखर कोइराला, सह-कोषाध्यक्षमा परमा अधिकारी रहेका छन् । सूचना तथा सञ्चार विभागमा तीन जना  पातलो अन्तरे, कुमार सिवाकोटी र भरत तिम्सिना चयन भएका छन्। त्रिवेणी साहित्य मञ्चको सदस्यमा अबिबाबु अधिकारी र  बालकृष्ण न्यौपाने रहेका छन् ।
तस्विरः आयोजक

नारद अधिकारी प्रमुख सल्लाहकार र शम्भु आचार्य सह-सल्लाहकार रहेको  मञ्चको सल्लाहकार समितिमा यदु आचार्य, नवीन भट्टराई, दिपकजङ्ग विश्वकर्मा, गण्डकी पुत्र, अविनारायण न्यौपाने र प्रेम खनाल सदस्य रहेका छन्।
कार्यक्रममा आफ्नो विचार राख्दै डा. तुलाराम न्यौपानेले साहित्य क्षेत्रमा महिलाहरू सहभागिता धेरै कम देखिएको गुनासो गरेका थिए भने साहित्यकार गण्डकीपुत्रले सबै जनजातिलाई तथा बालबालिकालाई समेत त्रिवेणी साहित्य मञ्चले समेट्न  सल्लाह दिएका थिए । स्वागत मन्तव्य सँगै शम्भु आचार्यले त्रिवेणी साहित्य मञ्चका  सम्पूर्ण नव निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा उपस्थित सर्जकहरूले आफ्ना रचना वाचन गरेर कार्यक्रमको माहौल रोचक बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *