दसैँ तिहार (बाल कविता)

कवि
कवि

डा. लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका

दसैँ आयो दसैँ आयो रातो टिकी लाउँला,
पहिला घरमा टिकी लगाई केरा-चिउरा खाउँला ।
भोलि बिहान गाडी चढी मामा घर जाउँला ,
मामाबाट चाचा पाई हामी खुब रमाउँला ।

तिहारमा दीपावली रंगी-चंगी पार्छौं ,
लक्ष्मी पुजी भैलो खेल्दै उज्यालो नै पार्छौं ।
दादा-बुनु बुनु-दादा टिका टिकी गर्छौँ,
उपहार नाना दिँदै खुसीयाली भर्छौं ।

दसैँ तिहार मनाउँन घर आँगन सजाउँछौं,
सालैपिछे मनाउँदै रीतिरिवाज जनाउँछौं ।
संस्कृतिको रक्षा गर्न चाड हामी मनाउँछौं,
समाजको एकतालाई अझ बलियो बनाउँछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *