दियालो पत्रिका: एक समीक्षा

Govinda, a plant breeder and a molecular biologist, joined the C4 rice project in 2010 as a postdoctoral research fellow. He led the mutant verification team from 2010 to 2012 and the gene discovery team from 2013 to 2015 to hunt genes for C4 syndrome. Govinda has worked with soybean, sorghum, rice, wheat, maize, Setaria and has designed experimental field plans, supervised large scale cultivation of mutants and transgenic plants as well as performed high throughput phenotyping. Govinda's works on gene identification involved mutant characterization through detailed phenotyping and next-generation sequencing, and gene validation through a transgenic approach. He has a fruitful collaboration with scientists from Australia, the USA, the UK, Korea, and China. Having worked in laboratory, greenhouse, and field environments as a mutation breeder and next-generation sequencing practitioner, Govinda has gained extensive work experience in agronomy, plant breeding, molecular biology, plant physiology, and bioinformatics, various research skills, and the ability to work with people of different cultural and academic diversity. Govinda is meticulous, attentive to detail, and an enthusiastic team player. He is diligent, quick to pick up new skills, and comfortable to learn from others. He has good experience supervising and training staff members of different educational levels. Govinda also has provided thesis students with research guidance, supervision of data analysis, and result interpretation.

Orcid: https://orcid.org/0000-0002-6245-1996

गोविन्द रिजाल

कनिकाको अभावमा

कनिका सम्झँदै जो मर्‍यो

उसको मृत्युपछि

उसैका घरमा मानुका मानु

चामल आयो, ऊ आएन ।

कवि दुर्गा प्रसाद रिमालको लघु कविता च्याट्ट छ र पर्याप्त छ । यो कविता दियालो वार्षिक साहित्य पत्रिकाबाट साभार गरिएको हो ।

बिन्द्रा बन्दै गएको बेलडाँगी शिविरमा एक दशक भन्दा बढी साहित्यिक चहलपहल शून्य प्राय स्थितिमा द लिटरेरी सोसाईटी अफ भूटान नामक साहित्यिक समूहको गठन गरी वार्षिक साहित्यिक पत्रिका दियालो लिएर साहित्यिक प्रकाशनको आट खडा भएको छ ।यो स्वागत योग्य खुसीको खबर हो । ‘देशसँग साहित्य‘ भन्ने नारा दिँदै प्रकाशन गरेको पहिलो वर्षको पहिलो अङ्क ३६ पृष्ठ भएको पुस्तिकाको रूपमा मई २०२२ मा सार्वजनिक गरिएको थियो ।यस अङ्कमा दुई कथा, एक निबन्ध र अठार गजल वा कविता विधाका सृजनाहरू समावेश छन् ।

तिलक राईको कथा अनिकालमा भूटानमा प्रयोग हुने ठेट शब्दहरू जस्तै झार्लाङ्गी, कारबारी, लुईतामे, बगान तथा भूटानका स्थानहरूको नामहरू जस्तै दागाना, गोसी, फुन्छोलिङ्ग प्रयोगले भूटानी स्वाद दिन्छ तर भुटानको पृष्ठभूमिको ज्ञान कम भएका पाठकहरू रङमङिन सक्छन् । त्यसको ठ्याक्क विपरीत ब्यासमा छत्रमान सुब्बाको कथा “डेरिडाको प्रतीक्षामा” छ जुन कथाको पृष्ठभूमि आयातित छ । फ्रान्सेली दार्शनिक ज्याक डेरिडाको मृत्युको खबरलाई विभिन्न पुस्तकहरूबाट निचोरिएका दर्शन र सिद्धान्तहरू घोलेर कथाको नाममा डेरिडाको पश्चिमी दर्शनमा अन्तर्निहित आलोचनात्मक विरोधमा आधारित विघटन सिद्धान्तको आडमा पुर्बिया मान्यतालाई प्रश्न उठाउन खोजिएको छ ।

पत्रिकामा समावेश कविताहरू छोटा र मीठा छन् । यस अङ्कको सबै भन्दा छोटो कविता “संस्कार” पाँच हरफे लघु कविता छ र प्रभावकारी छ अन्य कविताहरू जतिकै ।

चुरोटे केटो नामक निबन्धमा निबन्धकार जे.एन. दाहालले आफ्नो चुरोट तान्ने बानी नेपालदेखि अमेरिका सम्म पुर्‍याएको तार्किक दृष्टान्त छ । ख्यास्स लेखिएको “म भन्छु हानिकारक निकोटिन बाहेक चुरोट केही विशेष वस्तु होइन” को ठाउँमा चुरोटको विषयमा अनुसन्धान गरी वैज्ञानिक पुष्टि थपेको भए सन्देशको पल्लामा गहकिलो वजन थपिने थियो ।

यस पत्रिकाको सम्पादक मण्डलमा एकजाईल्ड भूट्नीज, दिल भूटानी र थिरू घिमिरे ‘विकल्प‘ रहेका छन्। सर्वाधिकार कसमा निहित छ जनाइएको छैन ।

रङ्गिन आवरणमा मिजासिलो रङ प्रयोग गरेर पस्किसकेको यो डेब्यू प्रकाशनको शीर्षक नयाँ हो या कहीँबाट सर्वाधिकार सहित अपनाइएको हो प्रकाशकबाट बुझ्नु छ। आफ्नै आट भए उत्तम, संयोगवश अरू प्रकाशनको नामसँग मिल्न गएको भए समयमै विकल्प खोज्नु बेस होला।  लामो र पट्यारलाग्दो साहित्यिक अन्धकारमा देखा परेको दियालो ले “देशसँग साहित्य” अभियान सशक्त बनाउँदै जाओस्, लेखनमा परिपक्वता ल्याओस् र धेरै भन्दा धेरै सर्जकहरूलाई समेट्न सकोस् मङ्गलमय शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *