दुई रुवाइ

१

नारायण न्यौपाने / अरिजोना, अमेरिका

कहिले काहीँ विश्वासमा धोका हुँदो रहेछ
निष्ठुरीलाई सम्झिएर यो मन रुँदो रहेछ
यादहरु मलाई दिर्इ तिमी धेरै टाढा गयौ
लोलाउँदै आँखाहरुले तिम्रै तस्विर छुँदो रहेछ।।

२

माया गर्छु तिमीलाई भन्न गाह्रो भयो
तिम्रो मनको मान्छे म बन्न गाह्रो भयो
मेरो माया कति लाग्छ भनी सोद्छौ होला
आकाशका तारालाई गन्न गाह्रो भयो।।

Don't have a Facebook account? Please, use the form below with other options!