दुई रुवाई

झगेन धिमाल
मेलबोर्न, अष्ट्रेलिया

१.
ब्याट्रीबिनाको घडी जीवन चलेकै छैन
तेलबिनाको दीयो जीवन बलेकै छैन |
न कसैको साथ नै छ यो जीउँदो लाशमा
फूलबिनाको बोट जीवन फलेकै छैन ||

२.
सँगै जीउने सँगै मर्ने बताएथ्यौ कुनैबेला
अपुरो त्यो तिम्रो मायाले सताएथ्यौ कुनै बेला |
झुटो माया जिन्दगीमा कसैसँग नगास्नु ल
बेकारमा यो सोझो ठिटो मताएथ्यौ कुनै बेला ||

One Reply to “दुई रुवाई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *