देन्चुका र योजना

भानु ढुङ्गा
क्यानाडा

शिरमा माथि थाम पोखरी छ
मालिङ्गो काखमा
साम्सु र तुर्सा सिँचाइ दिन्छन्
ग्रामीण आँतमा।।

जरिङ्गो टुसा, हलेदो,ओखर ,
इन्द्रेणी लहरा
पोखरीबाट निकास झर्ने प्यूँनाको छहरा। ।
[ १]
सङ्गीत लिन्छन् लेक र बेँसी मैदान छोएर
नदी र नाला कलल बग्ने पहरा धोएर।।

चाँदी झैँ उत्तर हिमाल कञ्चन देखिने बिहान
हरियो वन भूपरिवेष्टित माटो छ महान्।।
[२]
हल-लह घाँस बटुली भारी बोकेर हिँडेको
असारे रोपाई मङ्सिरे मेलो परेली भिडेको ।

भए छ आज तीन-कोरी पाँच रमाइलो गएको
अहिले जस्तै झल्झली आउँछ गाउँ-बेँसी भएको!
[३]
देन्चुका-सेरो शान्तिको फेरो हरियाली वन-डाँडा
सम्झन्छ मन ! विरही कोयल,
छुटेको छ टाढा!

बन्छ कि नयाँ योजना भन्ने युगले खोज्दै छ
भविष्य हाम्रो स्वाभिमान देश शान्तिले रोज्दै छ।
[४ ]
रोजेर पुनः स्थापित बाटो प्रजा र सरकार
मिलन- विन्दु राखेर मन
नखोजी दरकार
गरौँ न पुनः स्थापित मैत्री आत्मीय जोडेर
हुँदैन बिहान उज्यालो प्रकाश सम्बन्ध तोडेर।
[ ५]
वैरीको अन्दाज नपरोस् गाउँ सहर देशमा
कलङ्क मुक्त राख्नू छ राष्ट्र भू-प्रजा केसमा
नबसौँ टाढा एकाकार बाट पराई भनेर
स्वदेश हाम्रो भुटान प्यारो र द्वैता-द्वैत बनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *