देशको निम्ति शहिदहरुलाई

इन्द्र प्रकाश खवास
अमेरिका

सपनाका पन्नाहरू गन्दा–गन्दै बित्यो दिन,
बिपनाको भावनालाई पहिल्याउँदैमा बित्यो दिन।

वेदनामा छट्पटिएर राग आलाप सारङ्गीमा,
रुन्चे सोरमा बिन्ती गर्दा–गर्दै बित्यो दिन।

कुलाङ्गरी जुमालहरी सम्झनाले रोईन होलीन,
फर्की आउँछु आफ्नै देशमा भन्दा–भन्दै बित्यो दिन।

कोही हाँस्ने कोही रुने कसैलाई नै नगर्नु है,
काखा पाखा गर्नु हुन्न भन्दा–भन्दै बित्यो दिन।

भारत,भूटान,अमेरिकाको कति धाइयो अफिस्समा,
रुन्चे सोरमा बिन्ती गर्दा गर्दै बित्यो दिन।

फुट्नु हुन्न नातो कहिले आफ्नो आफ्न्तामा,
छुट्नु हुन्न साथी सङ्गी भन्दा–भन्दै बित्यो दिन।

देशको निम्ति शहिदहरुलाई सम्मान गर्नु पर्छ,
कहिले आउलान् त्यस्तो दिन,भन्दा–भन्दै बित्यो दिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *