देशमा चक्काजाम थियो

ईन्द्र प्रकाश खवास
नर्थ क्यारोलाईना, अमेरिका

सार्वजनिक स्थान त्यो त्यहाँ एउटा धाम थियो ,
देशको आह्वान फर्क भने त्यहाँ हाम्रो नाम थियो ।

कसले टिप्यो आज हाम्रो मनको फूलबारी यो,
देशमा फूल किन छैन वसन्तको याम थियो ।

मानिसहरूको धेरै पर खचाखच लाम थियो,
उनीसँग देशमा भेट्ने एउटा सानो काम थियो ।

हिँडेर जाउँ भने बाहिर साह्रो घाम थियो,
मोटरगाडी चढी जाउँ त देशमा चक्काजाम थियो ।

–इन्द्र प्रकाश खवास

Leave a Reply

Your email address will not be published. Required fields are marked *