देशमा सबै राजा र नेता

इन्द्र प्रकाश खवास
अमेरिका

सुट बुट चिल्ला कार चढेर के गर्नु ,
देश र भेष नभए पछि यो जीवन भएर के गर्नु ?
खानेले खाए,लाउनेले लाए,अझै लान बाँकी छ ,
देशमा सबै राजा र नेता भएर के गर्नु ?
आज हो भोलि, भरोसा छैन यो हाम्रो राजधानी ,
बागडोर छ ,अर्कैको हातमा राज भएर के गर्नु ?
पोखिन देऊ आँखाको आँसु सम्झना सरूप यो ,
छाती भरि धेरै पीडा र वेदना राखेर के गर्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *