देश अमर रहोस् सधैँ

इन्द्र प्रकाश खवास
अमेरिका 
जाँदा–जाँदै बाटो बिर्सिएर
बटुवा कता–कता पुग्छ,

अमूल्य जीवन पाएर पनि
नजाने जीवन कतै आँसुमा डुब्छ ।

आधा कल्चे अतीतको त्यो घाउ
फुटेर जहीँ तही लथालिङ्गै हुन पुग्छ ,

लौरो र कोर्राको यातनाले कता–कता
घोचे सरी फेरी आज बल्झिएर दुख्छ ।

लिपिएको छ चोट निको नहुने गरी
बेघर बनाई हाल्यौ छैन घर संसारभरि

जाँदै छौ धेरै टाढा सम्झना नगरे पनि
देश अमर रहोस् सधैँ हामी मरेर गए ता पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *