देश भूटान मेरो

कवि
कवि

इन्द्र प्रकाश खवास
नर्थ क्यारोलिना, अमेरिका

खोला नाला शिखर हरिया भीर, पाखा चहुर
डाँडा, काँडा, थुम, तट, नदीले कबेसी प्रचुर,
काँल्ला बारी वगर मलिलो उर्वरालेछ घेरो
प्यारो जन्म स्थल जननि झैँ देश भूटान मेरो ।

जन्म्यौ हामी सब मिलि गरौँ देशको धर्म सेवा
सम्झी मान्छे स्वजनहरुको लाउनू पर्छ टेवा,
जाती पाती गणन नगरी मेलको राख सेरो
आत्मा भन्दा पनि प्रणयछ देश भूटान मेरो ।

हुर्की आफ्नो पहुँच भरले काम जस्तो गरी यो
देशैको नै हित सहित भै सिर्जनाले भरीयो ,
माटो पानीजडिहरु सबै देशको लाग्छ प्यारो
विर्सीजाने कसरी फगती देश भूटान मेरो ।

मान्छे प्राणीहरु विचडटी हुन्छ बाठो विबेकी
मान्छेले नै उपजगरने स्वाधिकारी फराकी ,
लाटो बाठो सवदनुजको हैन सन्तान छोरो
सारा मिली प्रगति गरिने देश भूटान मेरो ।

आँधी चल्दा हुल्मलमहाँ पिल्सिनेछुद्र जन्तु
बाधालाखौ भरअभरमा चर्किने भित्र तन्तु ,
चौतारीमा जुटि अब सबै लक्षको विन्दु तारो
पुग्छो लाग्छौ प्रणयछ भरी देश भूटान मेरो ।

आफ्नै मान्छे वरपर सबै छैन कोही पराई
के हो जाती रगत पसिना भेदक्यै छैन दाई ,
मान्छे मार्नू अनिमनुजको मूल्यमा हुन्न घेरो
प्यारो राम्रो अलकपुरी यो देश भूटान मेरो

Leave a Reply

Your email address will not be published. Required fields are marked *